इलामको चेतना नाट्य समुहलाई लाई एकैपटक पाँच राष्ट्रिय पुरस्कार प्राप्ति

समाचार

इलामको चेतना नाट्य समूहले एकैपटक पाँच वटा राष्ट्रिय पुरस्कार हात पारेको छ। हरीकल्याणी रिमाल नाट्य संगवित प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय लघु चलचित्र महोत्सवमा चेतना समूहका कलाकार नितेस लोहारद्वारा निर्देशित चलचित्र ‘संगीनी’ले प्रथम स्थान हासिल गरेको हो।

‘संगीनी’ बाटै नितेस लोहारले उत्कृष्ट लेखक र सलिना अधिकारीले उत्कृष्ट महिला कलाकारको पुरस्कार जित्न सफल भएका छन्। सोही समूहको अर्को चलचित्र ‘अन्तिम राप’ले तेस्रो स्थान प्राप्त गरेको छ भने त्यसै चलचित्रका अभिनेता दर्शन घिमिरेले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन्।

देशभरिबाट २३ वटा फिल्म सहभागी महोत्सवमा ७ वटा फिल्म विभिन्न विधामा मनोयनमा परेका थिए। निर्णायक मण्डलमा वरिष्ठ कलाकार भुवन चन्द, मदन दास श्रेष्ठ र हरीहर शर्मा समावेश थिए।

यसअघि , एक्टिङ स्टार नेपाल प्रतियोगितामा इलामकै चेतना नाट्य समूहकी कलाकार भावना खपाङ्गी मगरले फस्ट रनर अप को उपाधि जित्दै इलामको अभिनय क्षेत्रलाई थप गौरव दिलाएकी थिइन्।

Share this: