इलामको माङसेबुङमा इस्कुसको झ्याङमुनि बालिका मृत फेला

समाचार

इलामको माङसेबुङमा इस्कुसको झ्याङमुनि बालिका मृत फेला परेकी छन् ।

इलाम माङसेबुङ तोभाङ घर भई हाल माङसेबुङ– १ देउरालीस्थित मामा घरमा बस्दै आएकी सुरेन्द्र राईकी छोरी १० वर्षीया सुप्रिया राई गएराति ९।१० बजे मामली घरबाट सय मिटर पूर्वमा रहेको इस्कुसको झ्याङ मुनि मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाको विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रियाको अगाडी बढाइएको प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले जनाइएको छ ।

Share this: