इलामको सूर्योदय १ स्थित भालुखोपमा एकको हत्या, एक गम्भीर घाइते

समाचार

 

इलामको सूर्योदय नगरपालिका १ स्थित भालुखोपमा गएराति झगडाका क्रममा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।

माइजोगमाई गाउँपालिका–२, तारसिंहका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो। उनी ससुराली गएका ३२ वर्षीय निरोज चापागाईंसँगै स्थानीय काजी तामाङको घरमा बसिरहेका थिए। त्यही क्रममा सूर्योदय–१, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग विवाद भएको थियो।

झगडाका क्रममा शेर्पाले धारिलो हतियार प्रयोग गरी प्रकाशमाथि आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ। पेटमा चोट लागेका निरोज गम्भीर घाइते छन् र अहिले उनको उपचार भइरहेको छ।

प्रहरीले आरोपी किरण शेर्पालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ।

Share this: