सुनसरीको इटहरीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

मनोरञ्जन

इटहरी:-

कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा सुनसरीको इटहरीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ ।

एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटीको आयोजना र सर्वनाम थिएटरको सहकार्यमा इटहरी म्याट्रिक्स परिसरभित्र रहेको सांस्कृतिक भवन थिएटरमा शुक्रबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्धघाटन गरे । महोत्सवमा १३ मुलुकका २० वटा नाट्य संस्थाका ४४ जना विदेशी रंगकर्मी र संस्कृतिकर्मी कलाकारको सहभागिता रहेको छ ।

महोत्सवको स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीले गरेका छन् । तीन दिनसम्म चल्ने महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाहरुका साथै सांस्कृतिक आदानप्रदान गरिने कार्यक्रम रहेको छ ।

नाट्य महोत्सवले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको आयोजकको भनाइ छ ।

Share this: