फिक्कलका चर्चित टिकटकर तथा मोडल मुकोश गुरुङले माइजोग्माई गाउँपालिका–६, प्याङमा पहिरोपीडित दुई परिवारलाई राहत वितरण गरेका छन्।
गत असोज १८ गतेको अविरल वर्षाका कारण पहिरोमा परि थेवे परिवार र सोङ्मी परिवारको घर बगाएपछि उक्त क्षेत्र शोकमा डुबेको थियो।
सुर्योदय नगरपालिका–१० निवासी गुरुङले पीडित परिवारलाई ४० हजार रुपैयाँ मूल्य बराबरका लत्ता–कपडा, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरेका हुन्।
राहत वितरणका क्रममा गुरुङले “यो दुखद समयमा सानो सहयोगले पनि परिवारलाई हौसला दिन सक्छ, सबैले आफ्नो ठाउँबाट हात अगाडि बढाउनु आवश्यक सम्झेर साथीभाईको मिलेमतेमा सहयोग गएिको बताएका छन ।
स्थानीय बासिन्दाहरूले मुकेश गुरुङको यो सामाजिक भावनात्मक योगदानको प्रशंसा समेत गरेका छन्।