सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले लामो समयदेखि बक्यौता भुक्तानी नगरेपछि दुग्ध उत्पादक किसान आन्दोलनमा उत्रिएका छन् । काभ्रे, नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका किसानले आइतबार डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा धर्ना दिँदै नाराबाजी गरेका हुन् ।
अखिल नेपाल किसान महासङ्घको अगुवाइमा गरिएको आन्दोलनमा सहभागी किसानले डीडीसीबाट करिब १ अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको दाबी गरेका छन् । उनीहरूले पटक–पटक दूधको मूल्य भुक्तानीको माग राखे पनि सरकारले समस्या समाधान नगरेपछि सडक संघर्षमा उत्रिनु परेको बताएका छन् ।
आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा प्रदर्शनकारी र प्रहरीबीच केही समय घम्साघम्सीसमेत भएको थियो । किसानहरूले माग पूरा नभएसम्म संघर्षलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।