काठमाडौँ — काठमाडौं महानगरपालिकाले दशरथ रंगशालामा विभिन्न खेलका मुराल (भित्तेचित्र) बनाएको छ । महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, बुद्धिचाल, गुच्चा लगायत दर्जनौँ खेल दर्शाउने मुराल बनाएको हो ।
महानगरपालिकाले यसअघि कोटेश्वरस्थित सरस्वती पार्कमा महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को मुराल बनाएको थियो । महानगरले सहरको सौन्दर्यीकरण अभियानअन्तर्गत उक्त मुराल बनाएको जनाएको छ । साम्बासाथै दिवंगत फुटबलर मणि शाहको पनि मुराल बनाइएको थियो । साथै माइतीघर, बबरमहल , मीनभवन, बानेश्वर लैनचौरमा पनि यस्ता मुराल बनाइने महानगरले जनाएको छ ।