पाँचथरको फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबीर नेम्वाङको निधन

समाचार

पाँचथर :-

पाँचथरको फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबीर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ।

नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापति समेत थिए । राज्यको पुनःसंरचनापछि २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

पछिल्लो समय उनलाई मुखको क्यान्सर भएको थियो । क्यान्सरकै कारण उनको निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए । लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेपछि उनलाई अस्पतालले फिर्ता पठाएसँगै माघ तेस्रो साता फाल्गुनन्द ३ स्थित पौवासारतापमा रहेको घर ल्याइएको थियो ।

Share this: