पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय आर्टिस्ट अवार्ड फिक्कल वोइद्धारा जित

मनोरञ्जन

प्रविन विसी, लक्ष्मिपुरः-

पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड इलाम सूर्योदय नगरपालिका मोडल मुकेश गुरुङले हात पारेका छन् । थाईलेण्डको राजधानी बैङ्ककको प्रिन्सटन होटलमा मंगलबार सम्पन्न कार्यक्रममा फिक्कलका गुरुङले अर्वाड जितेका हुन ।

वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि गुरुङले आर्टिस्ट अफ द इयर मा नोमिनेशन भरेका थिए ।

“भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान”  भन्ने मूल नाराका साथ आयोजना हुने अवार्डका लागि नेपालका मोडल सेक्टरका कलाकारहरुलाई आवेदन आहृवान गरिएको थियो ।

यस संस्करणको अवार्ड यही चैत १२ ( २५ मार्च)  मा थाइल्याण्डमा एक विशेष समारोहबीच वितरण गरिएको संयोजक गीता अधिकारीले जानकारी दिइन ।

तिमी बिना बोलको गीतमा रोजिना बस्नेत र सौगात जङ थापाले स्वर भरेका थिए । गीतको शब्द संगीत भीम विसीले गरेका उक्त गीतलाई मुकेश गुरुङ र शिला गजुरेलले पहिलो पटक डेभियु गरेका थिए ।

 

गुरुङले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पहिलो म्युजिक भिडियो मार्फत पाउन सफल भएका छन्। हालसम्म उनले डेढ दर्जन गीतमा अभिनय गरिसकेका छन्। उनी अहिले म्युजिक भिडियोकै कारण थाइल्याण्ड सिङ्गापुर र मलेसियाको भ्रमणमा रहेका हुन् । उनले मेहनत र दर्शकहरूको गरेको माया र विश्वासले अवार्ड जित्न झन् सजिलो भएको बताएका छन ।

यो अवार्डले आफुलाई काम गर्ने थप जिम्मेवारी दिएकोले यस क्षेत्रमा अझ धेरै मनोरञ्जन दिलाउने  मेहनत साथ काम गर्ने र दर्शक माझ थप माया पाउने विश्वास समेत दिलाएका छन ।

यो अवार्ड संगसगै मुकेशले थाइल्याण्ड, मलेसिया, सिंगापुरको म्युजिकल टुर समेत गरेका छन ।

Share this: