पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा निवेदन

सबै

काठमाडौँ — फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् ।

अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन दिनुभएको थियो । निवेदन आएको भोलिपल्ट हामीले यो मुद्दालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं,’ रजिस्ट्रार कार्यालयका प्रवक्ता सुरेशचन्द्र अधिकारीले भने, ‘ऐनअनुसार अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको हुँदा यो विषयलाई हामीले उतै पठाएका हाैं ।’

अधिकारीका अनुसार अजितले यसअघि ‘पूर्णबहादुरको सारङ्गी’का लेखकलाई ‘लाज’ कथा सुनाएका थिए । त्यही कथा र प्लटलाई हेरफेर गरेर यो फिल्म बनाइएको भन्दै अजितले निवेदन दर्ता गराएका हुन् ।

यसअघि लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथासँग हुबहु मिलेको भन्दै बौद्धिक चोरीको आरोप लगाएका थिए ।

Share this:

Leave a Reply

Your email address will not be published. Required fields are marked *