इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमन

स्वास्थ्य

इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । उपभोक्ताको स्वास्थ्यमा खाद्य तत्वबाट पर्ने असर र चिसोको समय मध्यनजर गरि अनुगमनलाई निरन्तरता दिइएको बजार अनुगम समिति निरिक्षक नविन ढकालले जान्कारी दिनुभयो । उहाँले नगरमा पुगेका गुनासाहरुलाई सम्बोधन गर्दै फिक्कल बजारमा रहेका मासु पसल, मिठाइ पसल, कोशेली सामाग्री पसलहरुमा अनुगमन गरिएको बताउनुभयो ।

नगरले समय समयमा अनुगमन गरिरहे पनि कतिपय पसल नयाँ सन्चलानमा आएकाले दर्ता नगरिएको धेरै पसलहरुमा मुल्य सुचि टाँस नगरिएको पाइएकाले उनिहरुलाई सात दिनको म्याद दिएर आधिकारीक बनाउन सुझाव दिएको बताउनुभयो । यस्तै सरसफाइमा ध्यान दिन पनि सुझाव दिइएको उहाँको भनाइ रहेको छ । केही पसलहरबाट म्याद गुज्रिएको ललिपप, मिठाई, चिप्स लगायतका वस्तु फेलापारी जफत गरिएको समेत जान्कारी दिनुभयो । उपभोक्ता हित संरक्षण ऐन अन्तरग नगर उप प्रमुख दुर्गा कुमार बरालको संयोपकत्वमा नगर समिति रहेको छ जस्को मतहतमा अनुगमन विभिन्न समयमा गरिन्दै आएको छ ।

Share this: