ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् ।
नेपाल सुपर लिग एनएसएल आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले कार्लोस आउने पक्का भएको हिजो जानकारी दिएको हो ।
एनएसइएमका प्रबन्ध निर्देशक श्रेयंश कार्कीकाअनुसार कार्लोस दुई दिने विशेष भ्रमणमा काठमाण्डौ आउने भएका हुन् ।
उनका अनुसार कार्लोस वैशाख ६ गते त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने पहिलो क्वालिफायर खेलको प्रमुख अतिथि रहनेछन् ।
उनले ५८४ वटा ग्याम खेलेका छन । रियल मड्रिड, इन्टर मिलान , लालिगा जस्ता ११ वटा भन्दा बढी सिजनमा उनले आफ्नो खेल कौशलता प्रस्तुत गरेका छन ।