नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज इलामले स्थापना गरेको ८आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८२ यस वर्ष निवर्तमान अध्यक्ष राम योङहाङलाई प्रदान गरेको छ । १० हजार रुपैयाँ राशीसहितको पुरस्कार उनलाई इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।
माङसेबुङ–३ निवासी योङहाङ १९ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् । रेडियो इलाम एफएम हुँदै पत्रकारिता प्रारम्भ गरेका उनले हाल नयाँ बुलन्द डटकमको सम्पादन, रासस तथा सौर्य दैनिकका संवाददाता जिम्मेवारी सम्हालिरहेका छन् ।
आदिवासी जनजातिको हक, अधिकार, पहिचान, भाषा, संस्कृति र मुद्दामा निरन्तर कलम चलाउँदै आएको योगदानको कदर स्वरूप योङहाङलाई सम्मान गरिएको फोनिज इलाम अध्यक्ष याम माबोहाङले बताए ।
यसअघि सो पुरस्कार पत्रकार सटेन्द्र जवेगू, ज्ञानु केदेम र सुजता सुनुवारलाई प्रदान भइसकेको छ ।