शिक्षकद्धारा आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने

समाचार

शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुटाछुटै छलफल गरे पनि कुनै निस्कर्ष निस्केको छैन ।

तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन नसकेपछि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षकको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा प्रभावित हुँदै आएको छ ।

शिक्षकहरुले आज बिहान नौ बजेदेखि दिउँसो १२ बजेसम्म प्रदर्शन गर्ने बताएका छन् । यसले कार्यालय समयमा अझै धेरै समस्या हुने देखिएको छ । आज अर्को पनि प्रदर्शन भएका कारण सारिएको शिक्षक महासङ्घले जनाएको छ । यसअघि शिक्षकहरुले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए ।

Share this: