श्रीज्योति माध्यमिक विद्यालयमा हरितालिका तीज धूमधामसहित मनाइयो

समाचार

प्रविन बिसी :- लक्ष्मिपुर , इलाम 

सूर्योदय नगरपालिका–१३ स्थित श्रीज्योति माध्यमिक विद्यालयले हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरी धूमधामसहित मनाएको छ। विद्यालय व्यवस्थापन समितिको आयोजना तथा सम्पूर्ण शिक्षक–शिक्षिकाको पहलमा सम्पन्न कार्यक्रममा विद्यार्थी र शिक्षक दुवैले सहभागी भई तीजको उल्लास साझा गरेका थिए।

कार्यक्रममा विद्यालयमै खिर पकाई सम्पूर्ण विद्यार्थी र शिक्षिकाहरुलाई खुवाइएको थियो। साथै, शिक्षिका तथा विद्यार्थीहरूले तीज गीतमा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई झन् आकर्षक बनाएका थिए।

विद्यालयका प्रधानाध्यापक दीपक पौडेलले यस्ता गतिविधिले विद्यार्थीबीच आपसी भाइचारो बढाउनुका साथै संस्कार र संस्कृति जोगाउन ठूलो योगदान पुग्ने बताउनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राई, सदस्यहरू धनबहादुर राई, प्रविन बिसी, वडा नं। १३ का सदस्य कमल प्रसाद आचार्य, अभिभावक टियर ढुङ्गाना लगायतको सहभागिता थियो। सहायक प्रधानाध्यापक विराज परियारले सबैको सक्रियताले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।

अन्तरक्रियात्मक प्रस्तुतिमा टिकादेवी भट्टराई, दीपा भट्टराई, इन्दिरा पौडेल र बालिका ढुङ्गानाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने सञ्चालन माधव भट्टराईले गर्नुभएको थियो।

Share this: