सूर्योदय नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट सुरेन पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पुजन श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रज्वल प्रधान, दोस्रो उपाध्यक्ष दिपेश शाह, महासचिव तोयानाथ भट्टराई, कोषाध्यक्ष मिना ढकाल र सचिव विक्रम श्रेष्ठ चयन भएका छन्। सदस्यमा धर्मकला दहाल, प्रमिला मोक्तान, छिरिङ डोल्मा यल्मो, लासाङ तामाङ, ऋषि पाण्डे, गणेश घिमिरे, राजु बराल र डिल्ली प्रसाद सापकोटा निर्वाचित भए।
फिक्कलमा सम्पन्न साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नगर उपप्रमुख दुर्गाकुमार बरालले व्यवसाय दर्ता वाणिज्य संघको सिफारिसमार्फत गर्ने विषय कानुनमा समावेश गर्ने प्रतिबद्धता जनाए। उनले सूर्योदयको समृद्धि आर्थिक र पर्यटन क्षेत्रमा रहेको भन्दै कृषि उत्पादनको प्रमाणपत्र स्थानीय स्तरमै जारी गर्न सके राजस्व वृद्धिमा टेवा पुग्ने बताए।
कार्यक्रममा वडाध्यक्ष जंग गुरुङ, निर्वाचन मण्डल अध्यक्ष हरिप्रसाद लुइटेल, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखे। कार्यक्रममा संघले पूर्व अध्यक्षहरू बिमल पाण्डे, लिलादेवी श्रेष्ठ, ध्रुव सुब्बा र ज्ञानीराम श्रेष्ठलाई सम्मान गरेको छ। यस्तै करफोक बिद्यामन्दिर बहुमुखी क्याम्पस, फिक्कल माध्यमिक विद्यालय र बैंकर्स अर्चन ढुङ्गानालाई कदरपत्र प्रदान गरिएको छ।