गृह मन्त्रालयले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरूमार्फत देशभरको शान्ति, सुरक्षाको स्थिति र चुनौतीबारे ब्रिफिङ लिएको छ ।
बागमती प्रदेशले संयोजन गरेको शान्ति, सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश कार्यशालाको सन्दर्भमा भेला भएका सचिवहरूसँग मन्त्रालयले सुरक्षा चुनौतीबारे जानकारी लिएको हो ।
मन्त्रालयका अधिकारीहरूका अनुसार प्रदेशबाट प्राप्त सुरक्षा चुनौतीका विश्लेषणका आधारमा समग्र देशको सुरक्षा चुनौतीबारे समीक्षा गरेर कार्ययोजना बनाइनेछ ।
‘देशभर नियमित च्यानलबाट पनि ब्रिफिङ भइरहेको हुन्छ, यद्यपि निश्चित अवधि त्यहीँ गएर छलफलमार्फत पनि ब्रिफिङ लिन्छौं’, मन्त्रालयका एक अधिकारीले भने, ‘यसले देशको समग्र शान्ति सुरक्षाको मूल्याङ्कन गर्न सहयोग पुग्छ ।’