सैन्य पोसाकमा रहेका पुरुषलाई अग्लो जुत्ता लगाएकी महिलाले अँगालो मारेर चुम्बन गरिरहेको दृश्य दोस्रो विश्वयुद्धसम्बन्धी कुनै चलचित्रको जस्तो देखिन सक्छ, तर यस्तो दृश्य पूर्वी युक्रेनमा दैनिक जीवनको एक हिस्साजस्तो बनेको छ।
रुसले युक्रेनमा पूर्ण स्तरमा आक्रमण थालेको तीन वर्ष पुग्नै लाग्दा युद्धले पुर्याएको नोक्सानी गम्भीर हुँदै गएको छ। त्यसले युद्धमा लडिरहेका युक्रेनी सैनिकहरूका लागि मात्रै होइन उनीहरूलाई, घरमा कुरिरहेका श्रीमतीहरूलाई पनि उत्तिकै असर गरिरहेको छ।
युद्ध छेडिँदा आर्टिम र अक्सानाको विवाह भएको १८ महिना मात्रै भएको थियो। युद्ध सुरु भएसँगै आर्टिम युक्रेनी सेनामा आबद्ध हुनुपर्यो।
source
GETTY IMAGES