नर्शरी व्यवसायी संघ नेपालको जिल्ला समिति इलाममा गठन गरिएको छ ।
सुर्योदय नगरपालिकामा सोमबार भएको नर्शरी व्यवसायीहरुको भेलाले लासाङ तामाङको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
नर्शरी व्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष रामजि तिम्लसीनाको अध्यक्षता तथा सुर्योदय उध्योग वाणिज्य संघका महासचिव तोयानाथ भट्टराइको प्रमुख आतिथ्यतामा इलाम नगरपलिका, रोङ गाउँपालिका, माइजोग्माइ गाउँपालिका र सन्दकपुर गाँपालिकाका नर्शरी व्यवसायीहरुको भेलाले नयाँ समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा युवराज पौडेल, सचिवमा सुजन तामाङ , कोषध्यक्षमा मुना ढकाल भट्टराई चयन हुनुभएको छ भने सदस्यहरुमा पवित्रा चौधरी , सस्मिता गिरी, खड्क बहादुर राई ,संजय राई, सन्तोष खापुङ , दिनेश राई , सवास राई चौरासे चयन हुनुभएको छ ।
संघले देशभर रहेका नर्शरी व्यवसायीलाई संगठित गरी यस्को विकाश विस्तारलाई फराकिलो बनाउँदै आर्थिकआय आर्जनको पाटोलाई दिगो बनाउने लक्ष्यका साथ काम गरिहेको अध्यक्ष तिम्लसीनाले बताउनुभयो ।
समितिले इलाममा भएका दुरदराजका नर्शरी व्यवसायीलाई बजारिकरणको पहुँचमा जोड्दै विभिन्न समस्याहरुमा हल गर्न सहयोग गर्ने बताइएको छ ।