इलामको चौतारीमा मनोज अधिकारी अध्यक्ष चयन

समाचार

प्रेस चौतारी नेपाल ,इलाम शाखाको दशौं अधिवेशनले मनोज अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा योगेन्द्र शंकर ,महिला उपाध्यक्षमा सरिता राई , सचिवमा खेम राज ढकाल , सहसचिवमा रोशन काफ्ले ,सहसचिवमा एलिना गुरुङ ,कोषाध्यक्षमा विशाल लिम्बूलाई चयन गरेको छ । सदस्यहरुमा संदेश खड्का, गोपाल अधिकारी ,प्रविन बीसी ,रञ्जु थामी ,गोपाल निरौला ,मुना लामिछाने ,सुचन राई ,सन्तोष गिरीलाई चयन गरेको छ ।

अधिकारी राससमा काम गरिरहेका छन भने इलाम खबर अनलाइनका संचालक समेत रहेका छन । रेडीयोमा उद्घोकबाट उनले पत्रकारितामा प्रवेश गरि करिब एक दशक यस क्षेत्रमा विताइसकेका छन ।

Share this: