संकटा क्लबका गोलकिपर दीप कार्की सभापति कपको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको फाइनल खेलमा संकटाले टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई ४-३ ले पराजित गर्दै उपाधि जितेको थियो।
दीपले संकटालाई उपाधि दिलाउन आफैंले एक गोल गरे। त्यस्तै, कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार रोके। नकआउट प्रतियोगिताको सेमिफाइनलमा संकटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ ले पराजित गरेको थियो। उक्त खेलमा पनि दीपले नै आयुष घलानको प्रहारलाई रोक्दै संकटालाई फाइनलमा पुर्याएका थिए।