आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ । मध्य र पूर्वी तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेर भिजिविलिटी कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो भने हुस्सु हट्न सक्ने अनुमान छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाण्डौ उपत्यकामा बिहान लागेको हुस्सु घाम लागेसँगै बिस्तारै हटेर जानेछ ।
यस्तै देशमा पश्चिमी वायुको प्रभाव रहेकोले कोशी प्रदेशका पहाडी क्षेत्रमा आजको मौसम आंशिकदेखि साधारणतया बदली छ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
इलाममा पनि विहानी पख हुस्सु लागेक छ ।