इलाम : प्रविन विसी
देशैभर एकै साथ सञ्चालन हुने महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभि खोप सुर्योदय नगरपलिकामा माघ २७ गते देखि फाल्गुन २ गतेसम्म लगाइने भएको छ ।
नगरको वार्ड नं १३ मा अवस्थित आधारभूत स्वास्थ्य सेवा चौकी सुकेपोखरीमा हिजो वडा स्तरीय अभिमुखीकरण तथा बहस पैरवी गोष्ठी सञ्चालन गरी यस बारे छलफल गरिएको छ।
स्वास्थ्य चौकी सायक सुभम चौधरीका अनुसार प्रतेक वडा भित्रका विद्यालयमा अध्ययनरत कक्षा छ देखि १० सम्मका छात्राहरूलाई खोप लगाइने जानकारी दिनुभयो । उक्त खोप १३ नम्बर वडा भित्र भने माघ २९ गते श्री ज्योति माध्यमिक विद्यालयमा लगाईने र ३० गते आधारभूत स्वास्थ्य चौकीमा खोप लगाइने चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसार विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समूह भित्रका बालिकाहरूलाई खोप लगाइने छ । उहाँले विद्यालय नजाने किशोरीहरू पनि सेवा लिन आग्रह गर्नुभयोछ। कक्षा ५ पास भएपछि कक्षा छ देखि प्रत्येक छात्राहरूले यस एचपीभी खोप लगाउन पाउनेछन् सम्पूर्ण छात्रहरूलाई आफ्नो सुरक्षाका लागि पाठेघरको क्यान्सरबाट बच्न खोप लगाउन अनिवार्य आवश्यक रहेको सहायक चौधरीको भनाइ छ ।
उहाँका अनुसार एचपीभी खोप एकपटक लगाएपछि शतप्रतिशत नै प्रभावकारी हुन्छ यस खोप अत्यन्त धेरै सुरक्षित छ विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त भनी प्रमाणित खोप मात्र नेपालमा खरिद आपूर्ति गरिन्छ । खोप नेपालमा प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागले अनुमति प्रदान गरेको हो।
किशोरीहरूमा रजस्वला हुने नियमित जैविक प्रक्रिया हो। एचपीपी खोप लगाउँदैमा किशोरीहरूको रजस्वला छिटो सुरु हुने वा ढिलो सुरु हुने नहस । यस वडा भित्रका हाल सम्म ६० जना छात्राहरूले उक्त् खोप लगाउन योग्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा १३ नम्बर वडाका वडा अध्यक्ष हेमराज आचार्य, वडा सचिव टिकाराम देवान, वडा सदस्यहरू, कमल आचार्य, राजकुमार श्रेष्ठ, रिता परियार, टिका देवी कटेल, शिक्षक तेजकुमार राई, टिका भट्टराई, त्यसैगरी राजनितिक दलबाट पुष्पलाल आचार्य, स्वयंसेविका शोभा राई स्वास्थ्य सेवा केन्द्रका कर्मचारी इसु घले र सनिला राईको उपथिती रहनु भएको थियो