रोङ ६ स्थित सरस्वती माध्यामिक विध्यालयमा सरस्वतीको मन्दिर उद्घाटन

समाचार

रोङ :- गोविन्द पौडेल

रोङ ६ स्थित सरस्वती माध्यामिक विध्यालयमा सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ ।

विध्यालयले २०८१ सालको दीपावली पर्वमा संचालन गरेको देउसी दानबाट सकलित १ लाख सत्र सय र दाताहरुको सहयोग करिव ३ लाख नगद र ५३ हजार वराबरको जिन्सी सहयोग जुटाइ करिव ६ लाख सत्र हजारको लागतमा मन्दिर निर्माण सम्पन्न गरेको थियो ।

माघ १७ र १८ गते वैदिक विधिअनुसार सरस्वती माताको प्राण प्रतिस्ठा गरिएको थियो । सोम्बार सरस्वती पुजा तथा श्रीपंचमीको अवसरमा रोङ गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वो ,उपाध्यक्ष वष्णिुमाया खवास ,वडा न ६ का वडाध्यक्ष सत्यम् राई चौरासे, वडा न ३ का वडाध्यक्ष मात्रिका वरालले संयुक्त रुपमा पानसमा बत्ति बालेर वैदिक विधिअनुसार मन्त्रोच्चारण सहित मन्दिरको उद्घाटन गर्नुभएको हो । उद्घाटनको अवसरमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार चौहान , विद्ययालयका शिक्षकशिक्षिका , उपस्थित अभिभवक विध्यार्थी लगायतले सामुहिक पुजापाठ गर्नुभएको थियो ।

विध्यालयको ६८ औँ वार्षिक उत्सव समेत रहेको कार्यक्रममा गत शैक्षिक वर्षमा अवकास भएका पाँचजना शिक्षकहरु, पालिका स्तरिय प्रतियोगीतामा उत्कृष्ट विध्यार्थी र विदागत शिक्षकलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

मन्दिर निर्माणको लागि पाँचहजार माथि सहयोग गर्ने ५९ जना दानविर दाताहरुलाई समेत रुद्राक्ष माला पहिराएर सम्मान गरिएको थियो । विध्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रेम साङपाङको अध्यक्षतामा भएको समारोहमा विविध सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

मन्दिरको लागि लागत साझेदारीमा रोङ गाउपालिकाले ६० हजार सहयोग गर्ने बताइएको छ । मन्दिरको २०८१ मसिर ६ गते रोङ गाउपालिकाका उपाध्यक्ष विष्णुमाया खवासले शिलन्यासले गर्नुभएको थियो ।

Share this: