पशुपतिनगर :- जिवन शर्मा
सुर्योदय नगरपालिका वार्ड न ३ ले एक कार्यक्रमका गरी वडाबासी ६० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक कार्यक्रम अन्तर्गत वार्ड भित्र स्थायी बसोबास गर्दै आएका ८० वर्ष भन्दा माथिका गतवर्ष सुविधा नलिएका ६० जना जेष्ठ नागरिकलाई बेड हिटर वितरण गरिएको हो ।
गत आर्थिक वर्षमा वार्डले व्लाङकेट वितरण गरेको थियो । उक्त कार्यक्रममा सुविधा नपाएका जेष्ठ नागरिकलाई यस पटक न्यानो बेड हिटर वितरण गरिएको वार्ड अध्यक्ष लोक बहादुर प्रधानले बताउनुभयो । उहाँका अनुसार राज्यबाट प्राप्त सुविधा वार्डका सबै नागरिकलाई समान रुपमा उपलब्ध गराउने उद्देश्यका साथ यस पटक गत वर्ष सेवा नलिएका जेष्ठ नागरिकलाई सहभागी गराइएको हो ।
राज्य तथा स्थानीय सरकारबाट प्राप्त सेवा सबैले पाउन सकुन भनेर वार्ड ३ ले यस पटक नया अभियान सुरु गरेको प्रधानले बताउनुभयो । वडाले एक व्यक्ति एक सुविधा दिएर नगरमा नया कामको शुरूवात गरेको छ ।
सोही कार्यक्रममा वार्ड ३ जीलगाउ निवासी लेखक तथा पत्रकार जीवन शर्माले नमुना टोलका लामो समयदेखी विरामी परि हिडडुल गर्न असक्त रणवीर राईलाई पनि यो सेवा उपलब्ध गरादिन हुन अनुरोध गर्नुभएको थियो । सो निवेदनलाई प्राथमिकतामा राखी तत्कालै सेवा उपलब्ध गराइने अध्यक्ष लोकबहादुर प्रधानले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नगर तथा वार्डका जनप्रतिनिधि ,कर्मचारी लगायत स्थिानियको उपस्थितिको उपस्थिति रहेको थियो ।