सूर्योदयमा मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न

शिक्षा

इलाम :-

इलामको सूर्योदय नगरपालिकामा प्रारम्भिक बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।

सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको स्वीकृत कार्यक्रम अनुसार प्रारम्भिक बाल शिक्षकका लागि ३ दिने मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको हो ।

झापाबाट आउनु भएका दिप्ता धमलाले प्रशिक्षण दिनु भएको पहिलो समूहको तालिम सम्पन्न भई दोश्रो समुहको तालिम सुरु गरिएको छ ।

तीन चरणका तलिम ९ दिनमा नगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालयबाट बाल शिक्षक सहभागीता रहने गरी तालिम संचालन गरीएको शाखाका स्रोत ब्यक्ति सुदर्शन खतिवडाले जानकारी दिनु भयो ।

Share this: