फिक्कल :-
नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पशुपतिनगर ,इलामद्धारा विमा रकम हस्तान्तरण गरिएको छ । सुर्योदय नगरपालिका वडा नम्बर १२ स्थित मलिम महिला समूह , समुह नम्बर ६६ की सदस्य स्वर्गीय पम्फावती राईका श्रीमान रुप बहादुर राईलाई हस्तान्तरण गरिएको हो ।
उहाँको बचत र विमा अवधि बापत प्राप्त रकम सोम्बार वडा नम्बर १२ का वडा अध्यक्ष डोलेन्द्र भारदोजको अगुवाइमा शाखा कार्यलय पशुपतिनगरका शाखा प्रबन्धक मनोज प्रशाद अधिकारीले ४ लाख ४१ हजार ५ सय ३२ रुपैँया २० पैसाको संयुक्त रुपमा हस्तानतरण गर्नुभएको हो ।
पम्फावती राईको २०८१ साल मंसिर २७ गतेका दिन मृत्यु भएको थियो । उहाँको विमा सुविधा बापतको रकम मलिम समुहमा नै पुगेर समुहका सदस्यहरुको उपस्थितिका साथ हस्तान्तरण गरिएको हो । विमा रकम हस्तानरण गर्दै अध्यक्ष भारदोजले लघुवित्तले दिएको यो रकम जतन गर्न सके एक व्यक्तिका लागी जिउने साहारा बन्नेको बताउनुभयो ।
यस्तै शाखा प्रबन्धक अधिकारीले यो रकम सानो रकम नभएकाले यस्को सहि सदुपयोग गर्न सुझाव समेत दिनुभयो । उहाँले मानिसहरुमा कतिपय कारेबार र नितिबारेमा अज्ञानताका कारण गलत बुझाई पर्ने हुदाँ सहकार्य गर्न असहज हुने बताउनुभयो । उहाँले यी र यस्ता कार्यहरुले सदस्यहरुमा भएको मिथ्य बुझाई हट्दै जाने बताउनुभयो ।
यस अघिपनि सो क्षेत्रमा सोही प्रकृतिको घटनाको रकम वितरण गरिएको बताउनुभयो । नेशनल लघुवित्त नेपाल राष्ट्रबैंकबाट इजाजत प्राप्त ‘घ ‘वर्गको बैंक हो ।