फिक्कल :-
सुर्योदय नगरपलिकामा घर तथा सडक निर्माण गर्दै गरेको स्थानबाट बाल श्रमीकको उद्धार गरिएको छ ।
बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका सूर्योदय नगरपालिकाको वडा नम्बर ९ र १० मा घर निर्माण गर्दै गरेको स्थानबाट भारत बिहार घर भएका १८ वर्ष भन्दा मुनिका ३ बालक सौरव सिंह , सोहेल अक्तर ,गुल्फराजलाई उद्दर गरिएको हो ।
सूर्योदय नगरपालिकाको महिला वालबालिका तथा समाज कल्यण शाखा अधिकृत बालकल्यण अधिकारि तारा शेर्पाको संयोजक्त्वमा गएको टोलिले ३ जनालाई कार्यस्थलबाट नै उद्धार गरि नगरमा ल्याएर सम्बन्धित ठेक्कादार संग प्रतिवद्धता पत्रमा हस्ताक्षर गराई घरसम्म पुर्याउने शर्त सहित छाडिएको छ ।
सूर्योदय नगरपालिका २०७९ भाद्र २९ मा बालमैत्री स्थानिय शासनयुक्त नगर घोषणा भै सकेको छ ।
अनुगमनमा महिला बालबालिका शाखा कर्मचारी एकमाया बोहोरा, फिक्कल प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रमेश कुमार माझी, नगर बाल संजालका अध्यक्ष निर्मल गुरुङ , निवर्तमान अध्यक्ष निरोज चाम्लिङ राई , संचारकर्मी जय कुमार राई र नगर प्रहरी सञ्जिव कार्कीको टोली गएको थियो ।
नगरले निरन्तर अनुगमन गर्ने र वालबालिकालाई काममा प्रयोग भैरहेको पाइए वा उजुरी परेमा कडाइका साथ कार्वाही गरिने समेत शेर्पाले बताउनुभयो ।