काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु , कम्तीमा ४० जना घाइते

समाचार

काठमाडौं :-

काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कम्तीमा ४० जना घाइते भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार दुईवटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए । त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।

चाबहिलस्थित एसएस एकेडेमीको बस आज दिउँसो साढे ४ बजेतिर मोडबाट खसेको थियो । घाइतेमध्ये २० जनाको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पतालमा, ११ जनाको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ । अन्य ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी बोहराले बताए ।

Share this: