सिम्रिक बचत तथा ऋण सहकारी संस्थाद्धारा श्रीअन्तुमा डस्टबिन वितरण

सबै

श्रीअन्तु :- विवेक शर्मा लामिछाने

सूर्योदय नगरपालिका वडा नम्बर ४ श्रीअन्तुमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शनिबार ठूलो श्रीबुङ टोल विकास संस्था लाई ६ थान डस्टबिन हस्तान्तरण गरेको छ।

संस्थाका शाखा प्रमुख हेमन्त गर्तौलाको अध्यक्षता तथा ठूलो श्रीबुङ टोल विकास संस्थाका अध्यक्ष बिगेन्द्र राईको प्रमुख आतिथ्य साथै टोल विकास संस्थाका सदस्यहरू, स्थानीय बासिन्दा सहकारीका पदाधिकारीहरूको उपस्थितिमा डस्टबिन वितरण गरिएको हो।

कार्यक्रममा संस्थाकी कर्मचारी सुशीला कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसै गरि उस्थित अतिथिहरुले शुभकामना तथा धन्यवाद मन्तव्य राखेका थियो। संस्थाका साखा प्रमुखले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै, यस्ता गतिविधिहरुले समुदायमा सरसफाइलाई सहयोग पुगी वातावरण संरक्षणप्रति जनचेतना बढाउन उल्लेखनीय योगदान दिने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी गोपाल राईले गरेका थिए।

Share this: