सितली, इलाम :-
१५ औ राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरिय प्रतियोगिता इलामको माई नगरपालिका शनिबार उद्घाटन गरिएको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगर, खानेपानी तथा जलस्रोत मन्त्री एकराज कार्की, प्रदेश सभा सदस्य तथा सुर्व राज्यमन्त्री शमशेर राईले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्कोटाको अध्यक्षतामा सितलीस्थित खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटनसत्रमा जिल्लाका १० वटै पालिकाका प्रमुख ,प्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो
यसै अवसरमा इलामका तिन जना पत्रकार विमल दाहाल, गोरखापत्रका सम्बाददाता प्रेम अधिकारी र राजधानी दैनिकका सम्वाददाता भगीरथ भण्डारीलाई सम्मानपत्र, नगद र दोसल्ला ओडाएर सम्मान गरिएको हो।
जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माई नगरपालिकाको व्यवस्थापनमा फागुन ४, ५ र ६ गते माई नगरपालिकाको सितली खेलमैदानमा सञ्चालन हुदैछ।
तीन दिनसम्म चल्ने प्रतियोगिता उद्घाटन अवसरमा विभिन्न स्थानीय सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।