फिक्कल, इलाम :-
सुर्योदय नगरपलिका वडा नम्बर ९ बरबोटे पाथीभरा टोल स्थित माईली पाथीभारा मन्दिर परिसरमा यहि चैत्र १७ गते देखि आयोजना हुनलागेको प्रथम धार्मिक महोत्सवको तयारी सुरु गरिएको आयोजक समितिले जनाएको छ ।
स्थानिय थोक वस्तुको प्रवद्धृन गर्दै मानवीय सीप कला, धार्मीक आस्था बोकेका समाज र बौद्धिक व्यक्तिहरुलाई धार्मीक अनुस्ठानको माध्यमबाट जोडेर एक बनाउने र २०२४ सालमा उत्पती भएकी माईली पाथीभरा मन्दिरको प्रचारप्रसार संगै सामुदायिक भवन निमार्ण गर्ने उदेश्यले धार्मिक महोत्सव आयोजना गरिएको समितिले जनाएको छ ।
महोत्सवमा संगीतमय श्रीमद भागवत सप्ताहा ज्ञान महायोज्ञ कथा प्रवचन श्रीधाम वृन्दावनका पण्डित प्रशान्तकृष्ण परांकुशले कथा प्रवचन दिनुहुने छ । यस्का लागि रकम समेट जुट्न थालेको आयोजका समितिले जनाएको छ ।
यस अवसरमा स्थानिय संचार माध्यमहरुलाई पनि सकेसम्म समेटेर समन्वय गरेर जाने निर्णय गरिएको पुराण आयोजक समिति अध्यक्ष सेखर भट्टराईले बताउनुभयो । उहाँले दानवीर दाताहरुले अहिले देखीनै रकम कबुल गर्ने गर्नुभएको र तयारीको लागि पनि रकम टिपाउन थाल्नुभएको जान्कारी दिनुभयो । अनुस्ठानको लागि आयोजक समितिले प्रचारप्रसारको काम पनि शुरु गरेको जनाएको छ ।