फिक्कल :-
युनाईटेड फिक्कल क्लबको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष चन्द्र फागोको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका उपप्रमुख कार्यवाहक अध्यक्ष दुर्गा कुमार बरालको प्रमुख आतिथ्यता र वडा न १० का वडा अघ्यक्ष पेमा उगेन लामाको विशेष आतिथ्यतामा सभा गरिएको थियो ।
सभामा क्लबले गर्दे आएका समाजिक तथा विभिन्न गतिविधिको विषयमा जानकारि गराएको थियो । २०८१ सालको दशैँ पर्व तथा शुभदिपावलीमा फिक्कल बजारमा खेलाउदै आएको विङगो हाउसी खेलको आयव्याय समेत सभाले प्रस्तुत गरेको छ ।
उक्त खेलमा आय ७७ लाख र खर्च तर्फ पुरस्कार ३८ लाख ४५ हजार ५ सय, सरसफाई १५ हजार जेनेरेटर खरिद १ लाख ५० हजार, व्यसवस्थापन खर्च ५ लाख , मृगौला पिडितलाई सहयोग गरेको रकम २ लाख ५६ हजार र ग्रस रुट फुटबल खर्च १० लाख भएको छ आर्थिक प्रतिबेदन क्लबका सचिव सृजन गदालले प्रस्तुत गर्नु भएको थियो ।
उहाँले हाल बैँकमा गत आर्थिक वर्षको सहित २९ लाख ६९ हजार रकम रहेको रहेको बताउनुभयो ।