इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत महिला लक्षित कार्यक्रमबाट १ महिने आधारभूत ब्यूटिसियन तालिको मंगलबार समापन गरिएको छ ।
कार्यक्रम मार्फत वडाका १० जना महिलाहरुले ब्यूटिसियन तालिम प्राप्त गर्नुभएको छ । प्रत्येक वर्ष वडाले महिलादिदिबहिनीहरुको दिगो विकासका लागि यस्ता कार्यक्रमहरु गर्दै आएको वडा अध्यक्ष पेमा उगेन लामाले बताउनुभयो ।
समय अनुकुल अहिलेको माग यहि बढी देखिएकाले पनि यो कार्यक्रम राखिएको बताउनुभयो । उहाँले वडाले प्रत्येक्ष कसरी रोजगारी बनाउन सकिन्छ त्यसलाई सके सम्म सक्ष्म अध्यन गरेर मात्र कार्यक्रमहरुलाई प्राथमिक्तामा राखेर काम गरिरहेको जान्कारी दिनुभयो ।
समापनको अवसरमा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो ।