काठमाण्डौ :-
नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् ।
नेपाल सरकारलाई यसबारे फागुन दुईमा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीए नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ ।
अर्थ मन्त्रालयले विज्ञप्तीमार्फत तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी गराएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको गएको जनवरी २० तारिखमा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार कार्यक्रम रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ ।’