राष्ट्रिय परिचय पत्र सूर्योदय नगरपालिकाबाट वितरण गरिने

समाचार

फिक्कल :-

इलाम सदरमुकामबाट मात्र गरीदै आएको राष्ट्रिय परिचय पत्र भर्ने र तस्विर खिचाउने काम अव सूर्योदय नगरपालिकाबाट पनि शुरु गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय इलामबाट मात्र दिइदै आएको उक्त सेवा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग र सूर्योदय नगरपालिका बिच समझदारी भए पछि नगरबाटै शुरु हुने भएको हो ।
नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बितरण अस्थाई स्टेशन स्थापना गर्ने गरी बिभागका महानिर्देशक युवराज कट्टेल र सूर्योदयका नगर प्रमुख रणबहादुर राईले समझदारी पत्रमा हस्ताक्षर गर्नु भए पछि पालिका स्तरबाटै उक्त सेवा शुरु हुने भएको सूर्योदयका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले जानकारी दिनु भयो । यहि महिनाबाट सेवा शुरु गरीने नगर प्रमुख राईले जानकारी दिनु भयो । लामो समय देखि उक्त सेवा शुरु गर्न नगरले प्रयास गरीरहेको थियो ।
नगर प्रमुख राईले भन्नु भयो‘नगरबाट उक्त सेवा शुरु भएपछि स्थानीयलाई इलाम धाउनु पर्ने बाध्यता हटेको छ ।’पछिल्लो समय बैंक खाता देखि सबै कुरामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरीएपछि जिल्ला प्रशासन कार्यालयमा फारम भर्ने र फोटो खिचाउनेको भिड लाग्ने गरेको छ ।

Share this: