इलाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज रोग बिरुद्धको खोप शिविर शुरु

समाचार

इलाम :-

इलाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज रोग बिरुद्धको खोप शिविर शुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र इलामको आयोजनामा ३ दिनसम्म निशुल्क सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज रोग बिरुद्धको खोप शिविर संचालन भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रको कार्यालयमा संचालन भइरहेको शिविरको प्रथम दिन १ सय वटा कुकुरहरुको सामुदायिक कुकुर बन्ध्याकरण गरिएको हो ।

८८ वटा पोथि र २१ वटा भाले कुकुरहरुको बध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र इलामका प्रमुख राघबेन्द्र तिवारी नेतृत्वमा ५ जना डाक्टर सहित २१ जना पशु प्राविधिकहरुको टोलीबाट सामुदायिक कुकुर बन्ध्याकरण हुँदै आएको छ ।

सामुदायिक कुकुरहरुको टोकाईबाट रेबिज रोग फैलिने गरेकाले शिविर संचालन हुँदा रेबिज रोग नियन्त्रणका लागि सहयोग पुग्ने इलाम नगरपालिका प्रमुख केदार थापाले बताए ।

Share this: