इलामा आज विभागीय टोली नेपाल प्रहरी र बाग्मती युथ क्लब सर्लाहीबीच खेल हुने

खेलकुद

इलाम 

इलामको ठूलो टुँडिखेलमा आयोजित दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपको हिजोको उद्घाटन खेलमा आयोजक ओएसिस क्लब ,ओखलढुंगाको पदमा स्पोर्टिङ क्लवलाई २ ० गोलान्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा सुरुआती अग्रता लिएको आयोजकले दुवै गोल पहिलो हाफमै गरेको थियो । पहिलो हाफको ३४ औं मिनेटमा आयोजकको तर्फबाट पहिलो गोल वर्षा ओलीले गरेकी थिइन ।

पदमा स्पोर्टिङकी मियाले पलाउल गर्दै पहेंलो कार्ड पाइन। दुवै टिममा युवा तथा अनुभवी खेलाडी थिए । पदमा स्पोर्टिङले दुई विदेशी खेलाडीसहित २० र १९ वर्षमुनि उमेर समूहका नेपाली राष्ट्रिय टिमका खेलाडी मैदान उतारेको थियो ।

आयोजकले छिमेकी भारतको सिक्किम राज्यको राष्ट्रिय टिमका दुई खेलाडीसहित २० र १९ वर्षमुनि उमेर समूहका नेपाली राष्ट्रिय टिमका खेलाडी मैदान उतारेको थियो । हिजोको खेलको म्यान अफ द म्याच आयोजककी वर्षा घोषित भइन् ।

फाइनल जित्ने टोलीले नगद चार लाख, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता टोलीले नगद दुई लाख पाउनेछ । खेलाडीलाई विधागत रूपमा समेत पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ । आज विभागीय टोली नेपाल प्रहरी र बाग्मती युथ क्लब सर्लाहीबीच खेल हुनेछ ।

ओएसिस क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोडकपको दोस्रो संस्करण फागुन २४ सम्म चल्नेछ ।

Share this: