निर्माणाधिन सिद्धी खोला जलविद्युतको कारण ईलामको रोङमा आधा दर्जन घर जोखिम

सबै

रोङ :- गोविन्द पौडेल 

निर्माणाधिन सिद्धी खोला जलविद्युतको कारण ईलामको रोङमा आधा दर्जन घर जोखिममा परेको छ ।

रोङ गाउपालिका वडा नम्बर ६ र सुर्योदय नगरपालिका वडा नम्बर ५ को सिमानाभएर बग्ने सिद्धी खोलामा १० मेघावाट क्षमताको विद्युतको पाईप लाईन विस्तारमा यी घर जोखिममा परेकका हुन । रोङ ६ का बिक्रम राई ,गणेश राई, मैत सिग राईको घर जोखिममा रहेको छ । त्यसबाट तलका घरहरु भने पुरिन सक्ने भन्दै स्थानिय वासीहरु त्रसिद बनेका छन्

स्थानिय वासिहरुले आाफ्नो घरहरु जोखिममा रहेको र आफुहरु सुकुम्वासी हुने सभावना रहेको भन्दै रोङ गाउपालिकामा गुनासो गरेपछि पालिका अध्यक्ष मनिकुमार स्याङ्वो सुवास ,उपाध्यक्ष विष्णुमाया खवास वडा नम्बर ६ का अध्यक्ष सत्यम राई स्थानिय सरोकारवलाहरु सहितको छलफल गत पुस २५ गते गरि निर्माणाधीन योजनाको स्थलगत अनुगमन समेत गरिएको थियो । स्थलगत अनुगमनले देखिएका समस्या समाधानको लागि पटक पटक हाईड्रो कम्पनी संग छलफल भईरहेको गाउपालिका अध्यक्ष स्याङ्वोले बताउनुभयो ।

यस वारेमा सिद्धि हाईड्रो कम्पनीका सरोज पौडेलले बिक्रम राईको घर जोखिममा परेको भएपनि तत्काल प्रोटेक्सनको काम गरिने हुदा कुनै जोखिम नहुने बताउनु भयो । उहाँले रोङ गाउपालिका र वडा नम्बर ६ सग पनि यस वारेमा कुरा भईरहेको बताउनुभयो । । अन्य स्थानमा पहिरो लगायत कुनै सभावना नरहेको र पहिरो जादा हाईड्रो पावरलाई ठुलो आर्थिक क्षति समेत हुनेहुदा हाईड्रो पावर सगै स्थानियवासीहरुको सुरक्षाका उपयाहरु कम्पनिले अपनाएर निर्माण गरिरहेको पौडेलको भनाई रहेको छ ।

लामो समयदेखी चर्चा गरिने गरेको निर्माणाधिन सिद्धीहाईड्रो पावरको, हालसम्म सत्तरी प्रतिसत काम पुरा भईसकेको छ । आगामी बैशाख सम्ममा राष्ट्रिय प्रसारणमा जोडिने भएको छ ।

विद्युत विकास बोर्डले २०६९ पुस २४ मा उर्जा मन्त्रालयले वातावरणिय परिक्षण स्वीकृत गरि सैदान्तिक स्वीकृती दिएको थियो । ३५ वर्ष बहाल रहनेगरि अनुमति जारी गरेपछि सिद्ध हाईड्रो कम्पनिले २०८१ कार्तिक २६ गते थप अध्ययनको लागि विद्युत विकास विभागबाट सहमती प्राप्त गरे गरेको हो । यसको निर्माणाधिन हेडबक्स रोङ ६ र सुर्योदय नगरपलिका ५ को गोरख खोलाको १ हजार पाँच सय मिटर माथि रहेर बिद्धुत गृह १ किलोमिटर तल रहेको छ ।

१ अर्ब ८४ करोड ६४ लाखको लागतमा निर्माण सम्पन्न गरि उत्पादित विद्युत १६ किलोमिटर टाढा झापा ईलामको सुनमाईमा सवस्टेसन निर्माण गरि राष्टिय प्रसारणमा जोडिने योजना रहेको छ । तिब्र गतिमा निर्माण भईरहेको हाइड्रोको सत्तरी प्रतिसत काम सकिएको कम्पनीका सचालक सन्तोष राज नेपालले जान्कारी दिनुभयो ।

Share this: