फिक्कल माध्यमिक विद्यालयद्धारा आफ्नो १०४ औं वार्षिकोत्सव धुमधामका साथ मनाइयो

शिक्षा

फिक्कल :- इलाम 

सुर्योदय नगरपलिका १० फिक्कलमा अवस्थित फिक्कल माध्यमिक विद्यालयले आफ्नो १०४ औं वार्षिकोत्सव एक विशेष कार्यक्रमकासाथ सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सागर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको प्रमुख अतिथिथ्यता रहेको थियो । कार्यक्रममा उप प्रमुख दुर्गा कुमार बराल, वडा नं। १० का वडा अध्यक्ष पेमा उगेन लामा तथा विद्यालयका पूर्व अध्यक्ष तथा शिक्षक डिल्ली प्रसाद सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयमा लामो सेवा गरी अवकास हुनुहुने शिक्षक तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष , निर्माण समितिका अध्यक्षलाई सम्मान गरिएको छ । सम्मानित हुनुहुनेहरुमा पूर्व व्यवस्थापन समिति अध्यक्ष डिल्लीप्रसाद सुवेदी, निर्माण समिति अध्यक्ष कृष्ण प्रसाद सुवेदी र पूर्व शिक्षकहरुमा भूपाल निरौला, जय भण्डारी, वेदप्रसाद ढुङ्गेल, हरिप्रसाद लुईटेल, गंगा प्रसाद भट्टराई, तेज कुमारी शर्मा, कुमार प्रधान र जीत बहादुर राई रहनुभएको छ ।

त्यसैगरी कार्यरत शिक्षकहरुमा तुलसा काफ्ले र सन्ध्या राई तथा कर्मचारी राम बहादुर कार्कीलाई समेत विद्यालयले बार्षिक उत्सवमा उत्कृष्ट शिक्षक÷कर्मचारीको रुपमा नगद तथा प्रशंसा पत्र सहित सम्मान गरिएको हो।

कार्यक्रममा श्याम एण्ड फूलमाया स्कलरसिप नगद रु। २५ हजार, मान बहादुर प्रधान स्मृति अक्षयकोष रु १२ हजार , दिपेन प्रधान स्मृति अक्षयकोष ३ हजार ६ सय , बिशाल प्रधान स्मृति अक्षयकोष १ हजार ५ सय , पतराम अग्रवाल स्मृति अक्षयकोष रु १ हजार ८ सय र गंगा प्रसाद स्मृति छात्रवृत्ति कोषबाट बत्तिस जना विद्यार्थीलाई जनही रु १ हजार का दरले शैक्षिक सत्र २०८० का हरेक कक्षाका उत्कृष्ठ विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाण प्रत्रसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगा बहादुर महतले स्वागत मन्तव्य राख्नु भएको थियो । विद्यार्थीहरुले विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका सरोकारवाला, अभिभावक छिमेकी विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थिति रहेको थियो ।

विद्यालयले हरेक बर्ष यसैगरी शैक्षिक सत्रका उत्कृष्ठ विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गर्दै आएको छ ।

Share this: