रोङ :- गाेविन्द पाैडेल
अरुवालिमा जंगली जनावरको हैरानि भोगेका रोङका किसानहरुमा बेसार खेतिको मोह बढेको छ ।
तीन वर्ष अघिमात्रै रोङ ३ मा रहेको ईको चिया सहकारीले आफ्ना सदस्यहरुमा शुरु गरेको बेसार खेति उत्पादन आठ गुणाले बढि भएर ब्राण्डिङ भई बजारमा आएपछि यसको खेतिमा किसानहरु मेहित भएका हुन ।
२०७९ सालमा ईको चिया सहकारी संस्थाले कपुरकोट १ जातको बेसारको बीउ प्रति किलोग्राम रु ८० का दरले ८ सय ४० किलोग्रमा खरिदगरि २५ प्रतिशत अनुदानमा रोङ ३ र ४ को खमारे , मार्से , याङ्ग्रे , कोल्बुङ , पहरी गाउँ , भालुझोडा लगायतको टोलमा वितरण गरेकोमा गत वर्ष ३ हजार ५ सय ८२ किलो उत्पादन भई सहकारीले प्रतिकिलो ४० रुपैयामा खरिद गरिदिएको र यसवर्ष उत्पादनमा बृद्दि भई ५ हजार ८ सय ४७ किलोग्राम संकलन भईसकेको छ । अहिलेपनि किसानहरुसंग रहेको ७ सय किलोग्राम जति सकलन हुन लागेको ईको चिया सहकारी संस्थाका व्यावस्थापक गणेश अर्यालले बताउनुभयो ।
जंगलि जनावरले नबिगार्ने साथै उत्पादित बेसार सहकारीले सबै किनिदिने भएपछि त्यस क्षेत्रका किसानहरुमा थप उत्साह जागेको हो ।
उत्पादित बेसारलाई रोङ गाँउपालिकाको सहयोगमा प्रसोधन ,प्याकेजिङ र ब्रान्डिङ गरि रोङ बेसारको नामले बजारमा आईसकेको छ । गतवर्ष उत्पादित बेसार सबै प्रसोधन गरि बजारमा आएको छ यस वर्ष पनि सबै प्रसोधन गरि बजारमा ल्याईने व्यावस्थापक अर्यालले जान्कारी दिनुभयो।
हरेकाको भान्छामा दैनिक अनिवार्य प्रयोग हुने बेसार रोङ गाँउपालिका कृषि विकास शाखाको निगरानीमा शुद्धता कायम गरिएको छ । काँचो बेसारलाई धोएर बोक्रा तासेर धुलो बनाएको हो । रोङ बेसारमा बेसारको बोक्रा हुदैन गुदी मात्र हुन्छ । बजारमा आएको १७५ ग्रामको बट्टाको मूल्य १५० रुपैयाँमा बिक्री भईरहेको अर्यालको भनाई रहेको छ ।
कुनै रोग र जंगलि जनावरको भय नरहने ,मनग्गे उत्पादन भई सहकारिले नै खरिद गरिदिने भएपछि यसको खेतिमा मन गएको रोङ ४ मानावुङ्गका किसान बेस कुमारी राईले बताउनुभयो । उहाँले परिक्षणको लागि अलग्गै रोपेको एक किलो बेसारले चौध किलो उत्पादन दिएको छ । उहाँले यस वर्ष ४ सय ५५ किलोग्राम बेसार बिक्री गरेको बताउनुभयो।
हरेक बर्ष उत्पादको वृद्धिदर बढिरहदा बजारीकरणमा आउन सक्ने समस्याको लागि रोङ गाँउपालिकाले शुरुकै वर्षदेखि सहकारिलार्इ अनुदान दिदै दिर्घकालिन रुपमा बजार बिस्तार गर्न लागिपरेको रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले बताउनुभयो । गुणस्तरिय वस्तु उत्पादन गर्न सके बजारको समस्या नहुने तर बाह्य बजारको लागि उत्पादनको परिमाण कम हुनेहुदा रोङका अन्य स्थानहरुमा समेत बेसार खेति गरेर उत्पादन बढाउन लाग्गुपर्ने स्याङ्वोको भनाई रहेको छ ।