गायक महेन्द्र राई र गायिका दीपा तामाङको ” निस्ठुरी संसार” ले चर्चा कमाउँदै

मनोरञ्जन

एक दशक देखी काठमाण्डौँ बसेर इलामको माटोको सुगन्ध कलाको माध्यमबाट जगतभर फैलाइरहनु भएका इलाम रोङ गाउँपलिका निवासी गायक तथा संगीतकार महेन्द्र राईले नेपाली सांगीतिक क्षेत्रमा सयौँ काल र्झै गीतहरु दिनुभएको छ ।

बसैमा सररर कन्यामको ओरालो ” भन्ने बोलको गीत नसुन्ने र यसमा ननाच्ने सायदै होलान् ,यो गीत जती चर्चामा छ इलामेली युवामा तर गायकको नाम भने कमैलाई मात्रै थाहा होला, ख्यार यीनै गीतका गायक महेन्द्र राईले पछिल्लो समय फेरी नयाँ गीत बजारमा लिएर आउनुभएको छ ।

गायक राई र गायिका दीपा तामाङ दुबैजना इलामकै हुनुहुन्छ उहाँहरुको क्यामेस्ट्रिका गीतहरुले राम्रो चर्चा पाउने गरेको छ । हालै सार्वजनिक गरिएको  गीत “निस्ठुरी संसारले” पनि बजारमा चर्चा बटुल्दै गएको छ । उहाँहरूले “महेन्द्र एण्ड दिपा “आफ्नै युट्युब च्यानल बाट शुक्रबार गीतको भिडियो सार्वजनिक गर्नुभएको।

गीतमा शब्द संगीत समिर राई र महेन्द्र राईको रहेको छ । दीपाको निर्देशनमा रहेको म्युजिक भिडियोमा महेन्द्र र कुमारी (क्रल) लामाले अभिनय गर्नुभएको छ।

यस्तै, अन्य कलाकारहरू जेनिशा कार्की ,रोशन सुवेदी , रेनु राई ,सुनिता श्रेष्ठ , सुवाश राई र दीपा तामाङले पनि अभिनय गर्नुभएको छ। गायक राईले पछिल्लो समयमा आउने गीतहरुले बजारमा छोटो समयमा चर्चा पाएर छिटै हराउने गरिरहेकोले आफुले भने तेस्ता गीतहरुमा भन्दा पनि देश सुहाउने र जिवन्त रहनेमा प्रायोरेटी दिने बताउनुभएको छ ।

Share this: