फिक्कल, इलाम
सुर्योदय नगरपलिका वडा नम्बर ८ मालुमको सिद्धदेवी टोलमा चारधामको शिलान्यास् गरिएको छ । नेपालका प्रथम जगत गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको प्रमुख आतिथ्यतामा धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले चारधाम मध्येको रामेश्वरम धामको आज शुभारम्भ गरिएको हो ।
स्वर्गीय कौसीला नेपाल र मान बहादुर नेपालका नाममा उहाँका छोराहरुले जग्गा उपलब्द गराएपछि चारधाम विकास समिति गठन गरी प्रकृया अगाडी बढाइएको थियो । धामको शिलान्यास् गर्दे देवाचार्य महाराजश्रीले जति सक्दो छिटो पुर्ण गर्नको लागी सबैले पहल गर्नु पर्ने बताउनुभयो । उहाँले यसले पुर्व देखि पस्चिम सम्मका धार्मीक पर्यटकहरुलाई जोड्ने बताउनुभयो ।
यस्तै शुभारम्भको अवसरमा सुर्योदय नगरपलिका ८ का वडा अध्यक्ष जंग गुरुङले धाम निर्मामा स्थानिय सरकार र जनप्रतिनिधि पनि संगै रहेर समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । यस अवसरमा जनप्रतिनिधिहरु कमल गडतौला, दिर्घमाया नेपाल, विभिन्न राजनिक दलका प्रतिनिधि धार्मिक आस्थावान व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
चारधाम विकास समिति अध्यक्ष सुजन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिवन नेपालले राख्नुभएको थियो भने प्रेमसागर भट्टराईले संचालन गर्नुभएको थियो । धाम निर्माण सबै मिलेर गर्न सकिएमा यस्ले सिंगो इलामकै धार्मीक पर्यटनमा विकास पुग्ने अध्यक्ष नेपालले बताउनुभएको छ ।