फिक्कल :-
इलामको रोँङ गाउँपलिकाले कृषिमा फड्को मारेको छ । कुरा भन्दा काम बढी गर्नु पर्छ पार्टीका कार्यकर्ता हैन जनताको भावना संग भिज्नु पर्छ भन्ने मान्यता राख्नुभएका अध्यक्ष मनिकुमार स्याङबो सुवासको धारणले पालिकामा उत्पादित वस्तुहरु आज देशकै नमुना र ब्राण्ड बन्दै गएको छ ।
किसान देशको पहिलो प्राथमिक्ता हो विकासको संवाहक हो किसानले उत्पादन गरे मात्रै देशका अन्य पेशा व्यवसाय क्षेत्रका नागरीकले सहज रुपले बाँच्न पाउँछन भन्ने मान्यताले गर्दा नै आज पालिका देशको नमुना पालिकाको रुपमा परिचित भएको स्याङबोको भनाइ छ ।
देशको लगानी भ्यूटावर, भवन निर्माण,जस्ता अनुत्पादक क्षेत्रमा बढिरहेको बेलामा बिहिबार एक कार्यक्रमका विच रोँङको इरौँटारमा कृषि प्रशोधन केन्द्रको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको छ । उहाँले कोशी प्रदेशका उधोग कृषि तथा सहकारी विकास मन्त्री खगेन सिंग लिम्बू र गाउँपालिका अध्यक्ष,उपाध्यक्षका साथ गुरु किसान घोषणा तथा उद्योगको उद्घाटन गर्नु भएको हो ।
मन्त्री अधिकारीले यस अवरमा पालिकाले देशलाई नै उछिनेर यो काम गर्न सफल भएको बताउनुभयो । युवा र नविन विचारको परिणाम भनेकै गरेर देखाउने भएकाले आफुलाई यीनै कुराले काम गर्न थप उर्जा थपिएको बताउनु भयो । उहाँले आफु मन्त्री पदमा रहे नरहे पनि रोङको यस कार्यलाई निरन्तरता दिन सक्ने गरीको वातावरण निर्माण गरेर जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यस्तै प्रदेश मन्त्री लिम्बुले आवश्यक समन्वय र हकार्यको माध्यमबाट नै कृषि प्रणली सुधार गर्न सकिने भएकाले तिने तहका सरकारका कार्यक्रमहरु एकै किसिमका हुनु पर्ने धारण व्यक्त गर्नुभयो ।
पालिकाले भने जो कृषक सुद्ध कृषि निरन्तर लागेको छ जस्ले थोरै क्षेत्रफल जमिनमा बढी उत्पादन गरेको छ । नयाँनयाँ कृषि प्रणाली , नयाँनया बालीनली लागु गर्दछ उसैलाई गुरु किसान छनोट गरि परिचयपत्र वितरण गरेको छ । किसान मर्यादित पेसा सम्मानित पेसा हो र गर्वले यसमा हाम्रा सन्तति लाग्ने वातावरण बनाउन पहल गरिरहेको अध्यक्ष स्याङबोले बताउनुभयो ।
पहिलो चरणमा एक सय २१ जना किसानलाई गुरु किसान छनौट गरिएको छ । रोङ गुरु किसान ब्यवस्थापन कार्यविधि २०८० जारी भएको छ । सोही अनुरुप कार्यक्रम अगाडी बढाइएको हो । गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रवद्र्धन गर्ने लक्ष्य रहेको जनाइएको छ ।
यस्तै उपाध्यक्ष विष्णुमाया खवासले पलिका संधैँ अनुकरणीय काममा लागिरहेकाले बताउनुभयो । उहाँले रोङ उत्पादन गरेको गुन्द्रुक, मह, बेसार, सिस्नोको, करेलाको सुकुटी लगायतका वस्तुको माग बजारमा दिनानुदिन बढीरहेकाले यहाँका नागरीको आयस्तरमा अब छिट्टै परिवर्तन आउने विस्वास समेत व्यक्त गर्नुभयो ।