सुर्योदय जेसिजको तेस्रो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न

समाचार

सुर्योदय जेसिजको तेस्रो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न  गरीएको छ ।

कोशी प्रदेश सांसद माननिय बन्धना अधिकारी पौडेलको प्रमुख आतिथ्यतामा हिजो सुर्योदय नगरपलिकाको हलमा जेसिज २०२५ का निर्वाचित अध्यक्ष कविन सापकोटालाई २०२४ का अध्यक्ष अविषेक पौडेलले जेसिज हार गलामा पैर्याउँदै पद हस्तान्तरण गर्नुभएको हो ।

यस्तै २०२५ का जेसिज कार्यकारी उपाध्यक्षमा बिवेश अधिकारी ,रोविन खड्का चयन हुनभएको छ । उपाध्यक्षहरुमा विनोद पोख्रेल ,समीर तामाङ, अलिस खड्का ,सौरभ राई चयन हुनुभएको छ । सुर्योदय जेसीजको महासचिव पदमा पंकज प्रधान सैँजु चयन हुनुभएको छ । नव निर्वाचित पदाधीकारीले हिजै सफत ग्रहण गरी कार्यभार सम्हाल्नुभएको छ ।

२०२१ देखी सुर्योदयमा जेसीज स्थापना भई युवाहरुको नेतृत्व विकासका साथ विभिन्न पेसा व्यवसायमा जोड्दै सामाज प्रतिको उत्तरदायीत्व बोध गर्न प्रेरण, हौसला प्रदान गर्दै आएको छ । शिक्षा स्वास्थ्य सरसफाई जस्ता क्रियाकलापमा संलग्न भई सुर्योदयका विभिन्न सामाजिक संघसंस्थाहरुमा सहकार्य गर्दै अगाडी बढ्दै आएको छ ।

२०२४ मा उत्कृष्ट प्रफरमेन्स गर्नु हुने जेसिज विशाल राई लाई सम्मानपत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा विर्ता जेसिज, बुधबारे , चारआली जेसिजका प्रमुख तथा प्रतिनिधि,विभिन्न संस्थाका प्रतिनिधि संचारकर्मी लगायतलाई मायाँको चिनो वितरण समेत गउिको थियो । कार्यक्रमको संयोजन निस्कल राईले गर्नुभएको थियो ।

Share this: