फिक्कल, इलाम
सुर्योदय नगरपालिका वडा नम्बर ८ को मालुम आहाल गैरी भन्ज्याङमा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविर हिजो उद्घाटन गरिएको छ ।
सदगुरु मानवसेवा फाण्डेशन सुर्योदय नगरकमिटि राष्ट्रिय उद्यमशिल सिपविकास र सुर्योदय नगरपलिका वडा नम्बर ८ को समन्वय तथा सहकार्यमा ७ दिने स्वास्थ्य सिविर संचालन गरिएको हो ।
हिजोको सिविरमा ४० जनाले स्वास्थ्य लाभ लिनुभएको फाउण्डेशन नगर सचिव मुना ढकाल भट्टराईले जान्कारीदिनुभयो । वडा नम्बर आठका वडा सदस्य कमल गड्तौलको प्रमुख आतिथ्यतामा सिविरको उद्घाटन गरिएको थियो ।
सिविरमा ७ दिन सम्म अकुपकंचर विधिद्धारा नेपालका विशेषज्ञ प्राकृतिक चिकित्सक दिपक वाग्लेको टिमले सेवा दिने भएकाले यो अवसर नगुमाउन ढकालले विरामी वर्गमा अनुरोध समेत गर्नुभएको छ ।