फिक्कल , ईलाम
ईलामको सूर्योदय नगरपालिका वार्ड नं ९ स्थित माइली पाथिभरा देवी मन्दिर प्रथम सुर्योदय धार्मिक महोत्सव तथा भागवत ज्ञान महायज्ञको आइतबार शुभारम्व गरिएको छ ।
मन्दिरमा १०९ फिट अग्लो देवीको मूर्ति स्थापना घेराबार भवन निर्माण लगायत विभिन्न उद्देश्य राखेर महोत्सवको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । महोत्सवको औपचारिक उद्घाटन सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राई र उपप्रमुख दुर्गाकुमार बरालले गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष शेखर भट्टराईको अध्यक्षता नगरप्रमुख राईको प्रमुख अतिथिता र उपप्रमुख बरालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्मा ,वडा नं २ का वडाध्यक्ष डिक बमजन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला ,श्रीकृष्ण प्रणामी युवा परिषद् इलामका अध्यक्ष उद्धव तिम्सिना लगायत विभिन्न क्षेत्रका समाजसेवी धार्मिक व्यक्तित्वको उपस्थिति रहेको थियो।
उदघाटन सत्रमा नगर प्रमुख राईले नगरपलिका दिर्घकालिन गुरुयोजनामा काम गरिरहेकाले समाजमा यी र यस्तै भावनामा जोड्ने कार्यमा अग्रसर भएर विकसित भन्दै जानेमा आफु विश्वस्त रहेको बताउनुभयो । उपप्रमुख बरालले माइली पाथिभरा देवी माता मन्दिरको विकास प्रचारप्रसार लगायतमा महायज्ञ कोशेढुङ्गा सावित हुने भन्दै नगरको तर्फबाट सकारात्मक साथ रहने प्रतिबद्धता जनाउनुभयो ।
आयोजक समितिको उपाध्यक्ष बेनकुमार बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भनेसचिव नवीन खत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। पुराण आयोजक समितिका अध्यक्ष शेखर भट्टराईले महाज्ञको आयोजना अवधि भरी सबैले निमन्त्रणा प्राप्त नभए यसै समाचार तथा सञ्चारमाध्यमका सूचनाहरुलाई आधार मानेर उपस्थित भइदिनुहुन अनुरोध गर्नुभयो । उद्घाटन स्वागत नृत्यले स्वाग गरिएकाने थियो । विभिन्न समाजसेवीहरूलाई सम्मान गर्दै मायाको चिनो लगायत वितरण गरिएको थियो।
माइली पाथिभरा देवी माताको मन्दिर निकै शक्तिशाली भएको र यहाँ साँचो मनले मागेको कुरा पूरा हुने जनविश्वास रहिआएको छ।