फिक्कल , इलाम
सदगुरु मानवसेवा फाण्डेशन सुर्योदय नगरकमिटि ,राष्ट्रिय उद्यमशिलता सिपविकास र सुर्योदय नगरपलिका वडा नम्बर ८ को समन्वय तथा सहकार्यमा भएको ७ दिने स्वास्थ्य सिविरसम्पन्न गरिएको छ ।
सुर्योदय नगरपालिका वडा नम्बर ८ को मालुम आहाल गैरी भन्ज्याङमा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविरको आइतबार समापन गरिएको हो । मेडिकल साइन्सको प्राविधिक विधि भन्दा फरक अकुपंचर विधि यानकी शरिरलाई नसामा नेल गाडेर गरिने थेरापी पद्यती यहाँको लागि विल्कुलै फरक र नयाँ थियो ।
शुरुमा मानिसहरुमा केहि नयाँ पन लागेपनि उपचार गराउँदै गएपछि भने निक्कै प्रभावकारी र विश्वसनिय भएको उपचार गराउन आउनु भएका झापाका निरज कार्कीले बताउनुभयो । सुर्योदय नगरपलिका ८ कजिनि निवासी कृष्ण कुमारी ढुङ्गेल ,मालुम निवासी तेजकहादुर प्रधान , नमन्ता प्रधान ,मोहन पौडेल लगायत सेवा ग्राहीहरुले बताउनुभयो ।
सिविरमा एक सय बढीले स्वास्थ्य लिएको फाउण्डेशन जिल्ला प्रमुख तारा कुमार नेपालले जान्कारी दिनुभयो । उहाँले फाउण्डेशनले मानव सेवाको हितको लागि काम गर्ने भउकाले विभिन्न लक्षका साथ अगाडी बढेको बताउनुभयो । महायज्ञहरुबाट संकलित रकमले असाहाय दुखी गरिबको सेवामा नै समरपण गर्ने गरेको बताउनुभयो ।
चाँडै आँखा सिविर समेत आयोजना गर्ने लक्ष्य राखेको समेत बताउनुभयो । आँखा शिविर भने निशुल्क हुने समेत बताउनुभयो ।