गाेविन्द पाैडेल , राेङ
मजदुर अभाव झेलीरहेका चिया किसानका लागि चिया टिप्ने हाते औजार प्रभावकारी बन्दै गएको छ ।
पहिला हातले नै चिया टिपाई गर्ने किसानहरुको लागि बजारमा हालमा दुई प्रकार औजार आएपछि किसानहरु चिया टिप्न पनि औजारको प्रयोग गर्न थालेका छन् । औजारको प्रयोग गर्दा हातले भन्दा बढि चिया टिप्न सकिने साथै छरितो समेत हुने गरेको छ ।
हाल बजारमा चिया टिप्न विभिन्न कम्पनिको पेट्रोल वाट चल्ने र ब्याट्री जडित सानो मेसिन चार्जएवल पाईने गरेकोमा चार्जएवल हाते मेसिन बढि प्रभावकारि देखिएको छ । ईन्धन नचाहिने, भाईब्रेशन नआउने साथै एकजाले नै सजिलै चलाउन सकिने हल्का समेत रहेकोले एदिनमा एकजाले एकसय पचास किलोसम्म टिप्न सकिने हुदा आफू स्वय स्वरोजगार हुन सकिने रोङ ६ का चिया किसान गिरिराज प्रधानले बताउनुभयो ।
ूमेसिनले टिपेको हरियो चियालाई छान्नु समेछ पर्छ ।टिपि रहने हो भने त धेरै टिपिन्छ आजकल मजदुर पाईदैन त्यसकारण आफ्नो बगानमा आफै टिप्न सकिन्छ , चिया टिप्दै गरेका किसान बिनोद घिमिरेले बताउनुभयो ।
यता समस्या नै समस्या रहेको चियाको उचित मूल्य नहुदा सस्तो मुल्यमा मजदुर पाउन छाडिसकेको छ । सरकारले तोकेको न्युनतम ज्याला दिने हो भने सबै चिया बेच्दा पनि पुग्दैन फेरि त्यतिले चिया मजदुरको दैनिक जीवन पनि चल्दै यसकारण पनि पहिला चियामा काम गर्ने मजदुर भारत र तेश्रो देशहरु गईसकेकाले अहिले मजदुर नपाइने रोङका गुरु किसान इन्द्र वगाको भनाई छ । बरु मेसिनको प्रयोग गर्यो आफै स्वरोजगार हुने उहाँ भन्नुनुहुन्छ ।
चिया किसानहरुको लागि स्थानिय सरकार र सरोकार वलाहरुबाट खासै कुनै सहयोग किसानहरुले पाएका छैनन् रोङ गाउपालिकाले सिमित किसानहरुको लागि केही वर्ष अघि हाते औजार अनुदानमा वितरण गरेपनि त्यसको प्रभावकारीता, उपयोगिता हालसम्म हेरेको छैन । सिमित संख्या वितरण गरिएको कारण कतिपय चिया मजदुरीमा आश्रित र गरिव किसानहरुले नपाएको उनिहरुको दुखेसो रहेको छ ।