सदगुरु मानव सेवा फाउण्डेशनले सुर्योदय नगरपलिका वडा नम्बर ७ निवासी भक्ति माया राईलाई बैसाखी प्रदान गरेको छ ।
फाउण्डेशन नगर समितिलाई गत ८ गते वडा नम्बर ८ को प्रशिक्षणमा नाम टिपाउनुभएकी राईलाई मंगलबार गोगने घर मै पुगरे सहयोग सामाग्री प्रदान गरेको हो । भक्ति माया शारिरिक रुपमा असक्त रहनुभएको छ ।
उहाँको दायाँ खुट्टा छैन भने पारिवारिक रुपमा पनि आफु संग साहारा छैनन् । यस अघि करुणा फाउण्डेशनले प्रदान गरेको बैसाखी पुरानो भएर जिण बनेपछि निक्कै समस्या झेल्नुपरेको भक्तिमायाँले बताउनुभयो ।
उहाँ संग दुई जना भदाईनीहरु बस्दै आउनुभएको छ । आर्थिक रुपले कम्जोर भएकाले घर चलाउन समेत समस्या परेको बेलामा मानव सेवा फाण्डेशनले सामाग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको नगर सचिव मुना ढकाल भट्टराईले जान्कारी दिनुभयो ।
सामाग्री वितरणको लागि समितिका पदाधिकारीहरु जानुभएको थियो । फाउण्डेशनले केही दिन अघि मालुमा प्राकृतिक चिकित्सा पद्धतिको स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ ।